स्याङ्गजामा मास्क लगाउन आग्रह गर्दा सुरक्षा गार्डको दाँत झारे।

अपराध

स्याङ्गजामा मास्क लगाउन आग्रह गर्दा सुरक्षा गार्डको दाँत झारे।
अगस्ट १८ स्याङ्गजा:-गण्डकी प्रदेश स्याङ्जाको चापाकोटमा बैंकका सुरक्षा गार्ड कुटिएका छन् । चापाकोट नगरपालिका १ मा रहेको कृषि विकास बैंकका गार्डलाई चेक साट्न गएका सेवाग्राहीले कुटपिट गरेका हुन् ।स्थानीय लालबहादुर थापा र अर्का व्यक्ति धनराज पौडेलले गार्डमाथि कुटपिट गरेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । चेक साट्न आएका सेवाग्राहीलाई मास्क लगाउन आग्रह गर्दा कुटपुट गरेको उनले बताए । बैकका गार्ड डोलराजल श्रेष्ठ र बेदप्रसाद श्रेष्ठमाथि कुटपिट भएको हो । प्रजिअ क्षेत्रीका अनुसार गार्डले मास्क लगाउन आग्रह गर्दा कुटपिट गर्नेले ‘हामी यहाँको डन हो किन माक्स लगाउने’ भन्दै इट्टाले मुख र टाउकोमा हानेका हुन् ।सुरक्षा गार्ड कुट्ने थापा र पौडेल फरार रहेको र खोजी भइरहेको प्रजिअ क्षेत्रीले जानकारी दिए । घाइतेमध्ये १ जनाको दाँत भाँचिएको छ भने अर्काको मुख र टाउकोमा चोट लागेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...