पोखरामा सशस्त्र प्रहरीका एसएसपी बलात्कार आरोपमा पक्राउ।

अपराध

पोखरामा सशस्त्र प्रहरीका एसएसपी बलात्कार आरोपमा पक्राउ।
जुलाई १५ पोखरा:-सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बलात्कार आराेपमा बुधबार पक्राउ परेका छन् । लामापाटनस्थित आफ्नै क्वाटरमा बाेलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेकाे पीडित महिलाले प्रहरीलाई फाेनमार्फत जानकारी गराएपछि तत्काल नेपाल प्रहरीकाे टाेलीले अधिकारीलाई नियन्त्रणमा लिएकाे हाे । घटना आजकै हाे । एसएसपी अधिकारी पक्राउ परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे ।प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगेकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...