पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान।

खेलकुद

पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान।
जुलाई ६ मनि सरब्जा गुरुङ / पोखरा :-युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । साढे २ दशकदेखि विशेष गरी खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार पाठक पोखराबाट सो पुरस्कारको लागि छनौट हुने पहिलो व्यक्ति हुन् । संघीय मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कारको लागि योग्य ठहर्‍याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले यो पाएको सम्मान समग्र पोखरा क्षेत्रको सम्मान हो भनेका छ्न। काठमाडौंमा सोमबार दिउँसो सिहंदबार स्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठक सहित देशभरका ४ जना पत्रकारलाई सम्मान गरिने कार्यक्रम रहेको छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिने मन्त्रालयका उपसचिव गणेशप्रसाद पौडेलले जनाएको छ । खेलकुद पत्रकारितामा क्रियाशील रहेर समग्र खेलकुदको विकासमा योगदान पुर्‍याएको कदर स्वरुप मन्त्रालयले हरेक वर्ष पत्रकारलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । साढे २ दशक देखि निरन्तर पत्रकारितामा क्रियाशील पाठक हाल पोखरा स्पोर्टस् डटकमका सम्पादक छन् । २०५९ सालमै पोखरामा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक सचिव हुन भने मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत हुन् । गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पोखरा भेन्यूको लागि प्रचार तथा प्रकाशन उपसमिति संयोजक भई महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । पर्वत स्थायी घर भएका पत्रकार पाठक सँग एक दर्जन बढी सञ्चार माध्यममा काम गरेको अनुभव रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...