गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु |

अन्य

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु |
माघ २१ काठमाडौँ :-गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते हुनुभएको प्रहरीचौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिनुभयो । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ । जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...