नख्खुमा एकजनाको ज्यान जाने गरि भएको विस्फोटको बिप्लोव माओबादीले जिम्मेवारी लियो |

अन्य

नख्खुमा एकजनाको ज्यान जाने गरि भएको विस्फोटको बिप्लोव माओबादीले जिम्मेवारी  लियो |
फागुन १३ काठमाडौँ :-ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ । नेकपा पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले एक अन्तर्वार्तामा यो कुराको पुष्टि गरे । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई दुःख लागेको उनले बताए । विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ निशाना नबनाएको ओलीको भनाइ छ ।एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले लुटको प्रतिकारस्वरुप सो कदम चालिएको तर्क गरे ।संसद्‌को राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संविधानविरोधी तत्वको संलग्नता भएको बताएकै दिन विप्लव नेतृत्वको नेकपाले विस्फोटको जिम्मेवारी लिएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...