जीप दुर्घटनामा ११ जनाको मृत्यु १ जना गम्भीर घाइते |

अन्य

जीप दुर्घटनामा ११ जनाको मृत्यु १ जना गम्भीर घाइते |
फागुन १७ दार्चुला:–दार्चुलामा जीप दुर्घटनामा परी नाबालक सहित ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुँदा नाबालक सहित ११ जनाको मृत्यु भएको तथा १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिए।गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने भिरबाट करिव ३ सय मिटर तल महाकाली नदी किनारमा खसेको जीपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ। प्रहरीले घटनास्थलमा ७ जना महिलाको शव फेला पारेको छ भने ३ जना पुरुष तथा १ जना नाबालकको शव फेला पारेको उनले जानकारी दिए।दुर्घटनामा परी गम्भीर घाइते भएका जीप चालक दिपक धामीको जिल्ला अस्पतालमा उपचार भैइरहेको उनले बताए। दुर्घटना के कति कारणले भएको खुल्न नसकेको प्रहरीले जनाएको छ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...