नेपालमा थप २१० जना नया कोरोना संक्रमित पुष्टि ,थप दुई जनाको मृत्यु।

स्वास्थ्य

नेपालमा थप २१० जना नया कोरोना संक्रमित पुष्टि ,थप दुई जनाको मृत्यु।
जुलाई २९ काठमाडौँ :-नेपालमा थप २ सय १० जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार उक्त संख्यामा संक्रमित थपिएको बताएको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार रौतहट र कैलालीमा ५ सय बढी संक्रमित रहेका छन्।पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुने संख्या १४ हजार २१ जना पुगेको उनले जानकारी दिए।हालसम्म सक्रिय संक्रमित ५ हजार २ सय ३ जना रहेको उनले बताए ।त्यसै गरी पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमण भएका दुई बृद्धको मृत्यु भएको छ । मृतक दुवै जना पर्सा कै बासिन्दा हुन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...