सी के रावतलाई चलाए राज्य बिरुद्द अपराध मुद्दा |

अन्य

सी के रावतलाई चलाए राज्य बिरुद्द अपराध मुद्दा |
असोज २२ रौतहट:- सीके राउतलाई जिल्ला प्रहरी गौरले राज्यविरुद्धको अपराधको मुद्दा चलाएको छ । उनलाई सोमबार प्रहरीले अदालत पेस गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ ।राउतलाई ४ दिन म्याद थपेर प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । राउतसँगै उनका समर्थक ४ जनालाई पनि मुद्धा चलाइएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डा. राउतलाई प्रहरीले आइतबार रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको थियो । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो ।उनीसँगै उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको थियो । गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए । स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...