यौन जन्य सामग्रीहरु भएको साईटहरु बन्द गर्ने दुरसंचार प्रबिधीकरणको निर्देशन |

अन्य

यौन जन्य सामग्रीहरु भएको साईटहरु बन्द गर्ने दुरसंचार प्रबिधीकरणको निर्देशन |
असोज ८ काठमाडौं:- संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले यौनजन्य सामग्री प्रस्तुत गर्ने वेभसाइटहरुमा रोक लगाउन निर्देशन जारी गरेको छ । प्राधिकरणले एक सुचना जारी गर्दै सबै नेटर्वक सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई यौन जन्य सामाग्रीको आदान प्रदान, प्रकाशन र प्रसारण बन्द गर्ने निर्देशन दिएको हो ।इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य, मान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै प्राधिकरणले अश्लील साइट बन्द गर्न भनेको हो । निर्देशन पालना नगरे अनुमतिपत्र रद्दका साथै कानूनअनुसार कारवाही हुने प्राधिकरणले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...