संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रबिन्द्र अधिकारीको पोखरामा राजकीय सम्मान सहित अन्तिम संस्कार |

अन्य

संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रबिन्द्र अधिकारीको पोखरामा राजकीय सम्मान सहित अन्तिम संस्कार |
फागुन १७ पोखरा :- ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आज पोखरामा अन्तिम बिदाई गरिएको छ ।प्रदर्शनी केन्द्रमा दिउसो १२ बजेदेखी अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको अधिकारीको शवलाई शवयात्रा गरि साँझ रामघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । हजारौँ सर्वसाधारण अधिकारीको श्रद्धाञ्जली तथा शवयात्रामा सरिक भए। नयाँबजारबाट शुरु शवयात्रा महेन्द्रपुल–रानीपौवा–हस्पिटल चोक हुँदै सेती नदी किनार रामघाट पुगेको थियो अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले दागबत्ती दिए । स्व. अधिकारीप्रति नेपाली सेनाको एक टोलीले सलामी दिएको थियो । शवयात्रामा हजारौँ पोखरेलीले उहाँप्रति श्रद्धा प्रकट गरेका थिए । शव यात्रामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेकपाका नेता तथा कार्यकर्ता, नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, पत्रकार समाजसेवीको उपस्थिति थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...