ललितपुरमा एनसेल कार्यालय गेटमा भएको बिस्फोटमा परि घाइते एकजनाको मृत्यु |

अन्य

ललितपुरमा एनसेल कार्यालय गेटमा भएको बिस्फोटमा परि घाइते एकजनाको मृत्यु |
फागुन ११ काठमाडौँ :-ललितपुर नख्खुीमा रहेको एनसेलको कार्यालय गेटमा शुक्रबार बेलुकी बम विस्फोट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङको गिलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रताप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको उपचारको क्रममा राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ ।विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...