तनहुँमा यात्रुबस दुर्घटना हुँदा ७ जना घाइते |

अन्य

तनहुँमा यात्रुबस दुर्घटना हुँदा ७ जना घाइते |
माघ २८ पोखरा:-तनहुँको गुणादीमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।बिरगञ्जबाट पोखरातर्फ आउदै गरेको ना ५ ख ६०९६ नम्बरको बस तनहुँको म्याग्दे गाउँपालिका -२ माथिल्लो गुणादीमा दुर्घटना हुँदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । बस सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार घाइतेहरुलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...