चङ्गा उडाउने क्रममा एक १२ बर्षे बालकको मृत्यु |

अन्य

चङ्गा उडाउने क्रममा एक १२ बर्षे बालकको मृत्यु |
असोज १३ पोखरा :- कास्की जिल्लाको माछापुच्छ्रै गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिनुभयो ।   चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो तारमा अड्किएको प्रहरीको भनाइ छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...