गृहमन्त्रीको प्रतिबद्दता मदिरा नियन्त्रण गरेरै छोड्ने |

अन्य

गृहमन्त्रीको प्रतिबद्दता मदिरा नियन्त्रण गरेरै छोड्ने |
मे ६ काठमाडौँ :-गृहमन्त्री  बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि ‘सेबोटेज’ गरेपछि अब रक्सी नियन्त्रणमा ध्यान दिने भएका छन् ।आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरे । महिला टोलीलाई आश्वस्त पार्दै गृहमन्त्री थापाले सिंगै देशलाई मदिरामुक्त बनाउन पहल गर्ने बताए । देशभरीका कतिपय गाउँलाई मदिरामुक्त घोषणा गरिए पनि मदिरापान बढिरहेको र यसबाट महिला हिंसाका घटना बढेको भन्दै महिला नेतृहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।केही सांसदका साथै अनेम संघका पदाधिकारीहरु संलग्न महिला नेतृको टोलीले गृहमन्त्रीलाई भेटेर सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउनुपर्ने माग गरे ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...