भारतले पानी रोकेपछी गण्डक जलबिद्युत केन्द्र पूर्ण रुपले बन्द |

अन्य

भारतले पानी रोकेपछी गण्डक जलबिद्युत केन्द्र पूर्ण रुपले  बन्द |
कार्तिक १५ नवलपुर:-नवरपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ गुठीसूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्र सूर्यपुरा पावर हाउसको उत्पादन अहिले ठप्प भएको छ ।भारतले गण्डक नहरमा पानी बन्द गरेका कारण विद्युत् उत्पादन ठप्प भएको हो । भारत सरकारले नहर मर्मत र सरसफाइका लागि प्रत्येक वर्ष यही समयमा ४० दिनसम्म पानी रोक्ने गर्दछ । अहिले २५ अक्टुबरबाट भारतले नहरमा पानी बन्द गरेपछि उत्पादन शून्यमा झरेको पावर हाउस प्रमुख कपिलदेव महाजनले बताए । १५ मेगावाट क्षमता रहेको पावर हाउसमा पछिल्लो समय चार मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको थियो । पावर हाउसमा रहेका तीन टर्वाइन मध्ये अहिले एउटा मात्रै सञ्चालनमा रहेको छ । दुई टर्वाइन बिग्रेका कारण जम्मा चार मेघावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको हो । भारत सरकारले सन् १९६६ सालमा पावर हाउस परियोजना सुरु गरी सन् १९७९ मा मात्र सञ्चालनमा ल्याएको थियो । नेपाल–भारत गण्डक सम्झौता अनुसार सन् १९८१ मा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । २५ वर्षमा पावर हाउसको सम्पूर्ण टरर्वाइन, जेनेरेटर र मेसिनहरु फेर्नु पर्ने भए पनि ३८ वर्ष हँुदा समेत विद्युत् प्राधिकरणले उपकरण नफेर्दा विद्युत् उत्पादन समेत घटेको छ । टर्वाइन, जेनेरेटर र मेसिनहरु पटक–पटक मर्मत गरेर काम चलाइरहेको केन्द्रका प्रमुख महाजनले बताए । केन्द्रमा रहेको एक नम्बर टर्वाइन मर्मत नै हुने अवस्थामा नरहेकोे महाजनले जानकारी दिए । ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवनहरु जीर्ण भइसकेका छन् भने कतिपय उपकरणहरु बिग्रेर थन्किएका छन् । पटकपटक सरकार र प्राधिकरणलाई टर्वाइन फेर्न र संरचनाहरु मर्मत गर्न अनुरोध गरे पनि सुनुवाइ नभएको केन्द्रको गुनासो छ । केन्द्रले जिल्लाको गण्डक क्षेत्र, बर्दघाट, सुनवल, परासी र महेषपुर क्षेत्रमा विद्युत आपुर्ति गर्दै आएको छ । Share this:

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...