पोखरा पालिखे चोकको घरहरुमा डोजर चल्यो |

अन्य

पोखरा पालिखे चोकको घरहरुमा डोजर चल्यो |

डिसेम्बर २३ पोखरा :- सडक विचमा रहेका पुराना घर र चौताराको कारण साघुरो पोखराको पालिखेचोक अब फराकिलो बन्ने भएको छ । पालिखेचोकको विचमा रहेका घर र चौतारा भत्काएर सडक फराकिलो बनाउन लागिएको छ |सडकको विचमा रहेका ४ वटा घर र एउटा चौतारा मध्ये शुक्रवार चौतारा र एउटा घर भत्काइएको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ । सडक विचमा रहेका ५ वटा घर भत्काउनुपर्ने भएकाले सबै घरको मुआब्जा निर्धारण गरिएको छ ।

 

महानगरको कार्यपालिका बैंठकले घरको मुआब्जा दिने निर्णय गरेको र घरधनीसँग मुआब्जा प्रक्रियामा गएर घर भत्काइनेछ । पुराना संरचना भत्काएपछि ग्रिन बेल्ट र ब्यवबस्थित फुटपाथ सहितको सडक बन्ने महानगरपालिकाले जनाएको छ । सवारी संख्यामा बृद्धी सँगै पालिखेचोकको सडक साघुरो हुदा महेन्द्रपुलसम्म जाम हुने गरेको थियो । सडक फराकिलो भएपछि सो क्षेत्रमा सवारी ब्यवस्थापनमा केहि सहज हुने विश्वास गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...