आज प्रदेश प्रमुख र अस्थाई केन्द्र तोकिने , मन्त्रि परिषदको बैठक बस्दै |

अन्य

आज प्रदेश प्रमुख र अस्थाई केन्द्र तोकिने , मन्त्रि परिषदको बैठक बस्दै |

जनवरी १६ काठमाडौँ :-सरकारले मंगलबार ७ प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । आज दिउँसो साढे ४ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले बिहीबारसम्ममा प्रदेश प्रमुख नतोके आउँदो २४ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गर्नुभएको हो । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय देउवा आफैले गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको छ ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुरयाएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...