द्वन्द निर्देशक राजेन्द्र खड्गी पक्राउ |

अन्य

द्वन्द निर्देशक राजेन्द्र खड्गी पक्राउ |

फेब्रअरी ८ काठमाडौँ :-नेपाली चलचित्र क्षेत्रका चर्चित द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीवार पक्राउ गरेको हो । पक्राउ लगत्तै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ । अदालतले पाँच दिन थुनामा राखि खड्कीमाथि अनुसन्धान गर्न म्याद दिएको छ ।

विभिन्न कार्यक्रमका नाममा नेपाली युवाहरुलाई ठूलो रकम लिएर कोरिया पठाएको आरोपमा सिआईबीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । रकम लिएर नेपालीलाई कोरिया पठाएको र कोरिया गएका युवाहरु स्वदेश नर्फिएको भन्दै सिआईबीले उनीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान थालेको हो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...