आज शताब्दीकै लामो चन्द्र ग्रहण लाग्ने |

अन्य

आज शताब्दीकै लामो चन्द्र ग्रहण लाग्ने |
श्रावन ११ काठमाडौं :- गुरु पूर्णिमाको दिन आज राती खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया, केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिने खगोल विद्हरुले जनाएका छन् ।केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएको छ । यो संयोग लगभग १०० वर्षपछि आएको हो । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ । नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ । ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...