दोहा कतारबाट बोन म्यारो पिडितलाई आर्थिक सहयोग हस्तान्तरण ।

विदेश

दोहा कतारबाट बोन म्यारो पिडितलाई  आर्थिक सहयोग हस्तान्तरण ।
अगस्ट १७ दोहा :- बिगत एक वर्ष देखि लगातार बोनम्यारो रोगबाट पिडित कस्केली चेली सुनिता गुरुंङलाई कास्की आदर्श सेवा समाज,कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सेवानै धर्म हो भनेझै पीडितलाइ उपचार क्रममा थप सहयोग होस भन्ने हेतुले सस्थाकै आजिबन सदस्य जित बहादुर गुरुङ(अन्जिब) बाट पिडितको आर्थिक स्थिति पनि कमजोर भएको हुनाले उक्त रोगको लागि आबस्यक धनरासी जुटाउन समस्या भएको हुनाले पोखरा वडा न १६ बाट सिफारिस बनाई आर्थिक सहयोगको लागि सस्थामा जानकारी दिनु भइ पहल गर्नु भएको थियो । यसै सन्दर्भमा सस्थाको अध्यक्ष बिस्वबन्धु थापाको अध्क्ष्यतामा बसेको बैठकले पारित गरेको निर्णय अनुसार सस्थामा रहनु भएको दाजुभाइ तथा दिदीबहिनी बाट स्व-इछ्याले सक्दो सहयोग गर्ने क्रममा नेरु ४७,६३२ संकलन भएको थियो । उक्त संकलित रकमलाई सम्बन्धित पिडित सामु पुर्याउनको लागि सस्थाकै आजिबन तथा केन्द्रिय सदस्य छेत्र बहादुर गुरुङ(सीबी) ले भूमिका खेल्नु भएको थियो । रकम हस्तान्तरणको लागि नेपालमा पूर्व आइ जी पी श्री हेम बहादुर गुरुङ गुरुङ लाइ उक्त रकम पठाउनु भएको थियो भने कास्की आदर्स सेवा समाज कतारको तर्फ बाट सस्थाकै हाल नेपालमा रहनु भएको भूपू सदस्य श्री भिम गिरि ज्युले सस्थाको तर्फ़ बाट पिडित सामु हस्तान्तरण गर्नमा भूमिका खेल्नु भएको थियो । सस्थामा संकलन भएको रकम ब्यबस्थित तरिकाले संकलन गर्नु भएकोमा कोषाध्क्ष्य अग्निधर देबकोटा , संकलित रकम नेपाल सम्बन्धित व्यक्ति सामु पठाउनु हुने क्षेत्र बहादुर गुरुङ , नेपालमा रकम बुझ्नु हुने पुर्ब आइ जि पि श्री हेम बहादुर गुरुङ र सहायोग रकम हस्तान्तरण गर्नु हुने भिम गिरि सबै जनालाई हार्दिक धन्यबाद व्यक्त गर्नु भएको छ , साथै सोहि दिनै कतार बाट तमु प्ये ल्हु संघ कतार साखाले पनि पिडित सुनिता गुरुङ लाइ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो , दुवै सस्थाको रकम ब्यबस्थित तरिकाले बुझिलिनु भइ सम्बन्धित व्यक्ति बिरामी सुनिता गुरुङ लाइ प्रतक्ष्य हस्तान्तरण गरिदिनु भएकोमा पूर्व आइ जी पी श्री हेम बहादुर गुरुङ ज्यु प्रति सस्थाको अध्यक्ष बिस्व बन्धु थापा र सस्थागत तर्फबाट वहाहरुलाइ धेरै धेरै धन्यबाद व्यक्त गर्नु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...