कास्की आदर्स सेवा समाज कतारको १७ औ स्थापना दिवस सम्पन्न ।

विदेश

कास्की आदर्स सेवा समाज कतारको १७ औ स्थापना दिवस सम्पन्न ।
अगस्ट ९ दोहा :- कास्की आदर्श सेवा समाज कतारको १७ औ स्थापना दिवस साथै बिबिध सास्कृतिक कार्यक्रम अगस्ट २ तारिख शुक्रबारका दिनमा दोहा सनैया-वाइट हाउस रेस्टुरेन्टको सभाहलमा संस्थाका केन्द्रीय अध्यक्ष श्री बिस्वबन्धु थापाज्युको सभापतित्व र संस्थाको संरक्षक सदस्य श्री बलराम सापकोटा ज्युको प्रमुख अतिथित्यमा सब्य भब्य संग सम्पन्न भयो। उक्त कार्यक्रममा संस्थाको संरक्षक सयोजक हंशराज ढकाल, संरक्षक सदस्य बिल बहादुर गुरुङ, धुर्बराज अधिकारि, बिमल सुबेदी, प्रमुख सल्लहाकार मन प्रसाद राना मगर, सल्लहाकारहरु क्रमस राम प्रसाद गौतम ,आस बहादुर गुरुङ , रेसम बस्नेत , धन बहादुर कार्की,प्रभात त्रिपाठी तेसै गरि बिसेस अतिथि हरुमा गण्डकी प्रदेश समन्वय परिसद कतारका वरिष्ठ उपाध्यक्ष प्रेम रसाइली , स्याङ्जा सहयोग समाज,कतारका अध्यक्ष अजमत अलि , तनहु सेवा समाज,कतारका अध्यक्ष केस गुर्माछांन मगर , बाग्लुङ्ग सेवा समाज,कतारका अध्यक्ष सागर पौडेल ज्यु, मोना कतारका अध्यक्ष तिलु शर्मा,पर्बत सेवा समाज, कतारका अध्यक्ष सबिन्द्र श्रेष्ठ ,,लमजुङ सेवा समाज कतारका अध्यक्ष नबराज नखौला , विभिन्न जिल्ला जातीय सस्था बाट जिल्ला अध्यक्ष ज्यु तथा प्रतिनिधिहरु, वरिष्ठ उपाध्यक्ष श्री हेम बहादुर बिक(बिक्की), फेवा सास्कृतिक परिवार सयोजक प्रकाश बिक, उपाध्यक्ष तथा खेलकुद समिति सयोजक मन बहादुर कुवर , सहसचिब तथा भलिबल टिम मेनेजर अमृत बिक , कोषाध्यक्ष अग्निधर देबकोटा , सह-कोषाध्यक्ष बाबुराम थापा ज्यु , कास्की सार्दीखोला समाज,कतार बाट पारसिङ तामाङ, र अन्नपुर्ण ६/७ संगम समुह बाट टङ्क प्रसाद देबकोटा, नेपथ्य लाइभ इन दोहाका आयोजक द्वय लक्ष्मण प्रसाद चौलागाईं र दिपक भण्डारी लगायत अन्य कस्केली तथा गैर कस्केलीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमममा राष्टको सम्मान गर्दै सामुहिक राष्टिय गान सयौ थुंगा संगै ज्ञात अज्ञात सहितहरु प्रति १ मिनेट मौन धारण गरियो । तेस्पछि सस्थाको वरिष्ठ उपाध्यक्ष हेम बहादुर बिक-(बिक्की) रले उपस्थित सबैलाई स्वागत मन्तब्य राख्नु भएको थियो । साथै सस्थाको संरक्षक सदस्य उक्त कार्यक्रमको प्रमुख अतिथि बलराम सापकोटा ज्यु र बिसेस अतिथिहरुले सामुहिक रुपमा ब्यानर अनावरण पछि प्रमुख अतिथिको बाहुली बाट दिप प्रज्वलन गर्नु भै केक काटी उद्घाटन कार्यक्रम सुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बनाउन सुरुमै स्वागतम नृत्य प्रस्तुत गर्दै कलाकार सिता घिमेरेले डाफे झै नाच्ने हिमाल झै हास्ने गितले स्वागत गर्नु भएको थियोे । साथै कार्यक्रम लाई अझ मनोरञ्जन दिनको लागि कलाकार जिबन गुरुङ - नृत्यागना सरिता गुरुङ, दिपेन सुनार, प्रेमलाल अधिकारि, महेश तामांग सबैलाइ नचाय । इन्दिरा साह र शिबराम ढकालको दोहोरी डाली नुग्यो चरिले टेकेर तेसै गरि प्रभात तृपाठी र इन्दु लाहोरको दोहोरी गितमा सबैले मनोरञ्जन लिदै गित संगीत संगै सबै जनाले सामुहिक भोजन गरे। साथै सस्थाका निम्न व्यक्तिहरुलाई खादा लगाई आजिबन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । दिल कुमारी गुरुङ , साबित्री गिरि, योगेश गुरुङ , तेज मल्ल, चन्द्रबती अधिकारि साथै नया आजिबन सदस्य लिनु हुनेमा रामकृष्ण भण्डारी, रोमहर्स पौडेल , प्रेम रसाइली, बसन्त श्रेष्ठ हुनुहुन्थियो । उक्त कार्यक्रममा सुभकामना दिनुहुनेमा गण्डकी प्रदेशको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रेम रसाइली, गण्डकी प्रदेशका जिल्लाहरुको तर्फबाट पर्बत सेवा समाज कतारका अध्यक्ष सबिन्द्र श्रेष्ठ , जातिय सस्थाहरुको तर्फबाट तमु (गुरुङ) समाज, कतारका अध्यक्ष भाइकाजी गुरुङ ,कतारको महासंघको तर्फबाट मिलन भुजेल हरुले मन्तब्य राख्ने क्रममा सबै बक्ताहरुले सस्थाको सकारात्मक बर्णन गर्नुका साथै प्रबाशमा सधै एक आपसमा सहयोग सद्भावना रहनु पर्नेमा जोड दिनु भएको थियोे । साथै मन्तव्यकै क्रममा भुपु अध्यक्षको तर्फबाट बर्तमान सल्लाहकार राम प्रसाद गौतम र सल्लाहकारहरुको तर्फबाट प्रमुख सल्लाहकार मन प्रसाद राना मगरले मन्तव्य राख्नु भएको थियो । दुबै जनाले मन्तब्य दिने क्रममा आउदो NRNA-NCC, कतारको (२०१९-२०२१) कार्यकालको लागी राम प्रसाद गौतमले कोषाध्यक्ष पद र मन प्रसाद राना मगरले खुल्ला सदस्यको लागी आकांक्षी भएकोले सबै जनाले सक्दो सहयोग गरिदिनु हुन अपिल पनि गर्नु भएको थियोे भने संरक्षक सयोजक हंशराज ढकालज्युले सस्था हामी सबै कस्केलिको सितल दिने छहारी हो भन्दै सानो गजल बाट मन्तब्य सुरुवात गर्नु भै सस्थाले गरेको योगदान बारे चर्चा गर्दै दुबै जना उम्मेद्बारीहरुलाइ सफलताको सुभकामना दिनु भएको थियो ।प्रमुख अतिथीज्यु मन्तब्य दिने क्रममा सस्था २००२ मा स्थापना भएपछी आज यो १७ बसन्त पार गर्ने क्रममा बिभिन्न सामाजिक कामहरु गर्नमा हातेमालो गर्नुहुने सस्थाका सबै जिम्मेवारी ब्यक्तिहरुलाइ धन्यवाद पनि ब्यक्त गर्नु भएको थियो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...