आदिबासी महासंघ इजरायलले असोज ३ लाई कालो दिनको रुपमा मनाए ,नेपालको संबिधान २०७२ संशोधनको माग ।

विदेश

आदिबासी महासंघ इजरायलले असोज ३ लाई कालो दिनको रुपमा मनाए ,नेपालको संबिधान २०७२ संशोधनको माग ।
सेप्टेम्बर २१ तेल अभिव फिष्टेल न्यूज:-असोज ३ गते नेपालको संबिधान जारी भएको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाईरहेको छ भने एक पक्ष भने यसको बिरोध तथा संशोधन गर्नु पर्ने माग राख्दै कालो दिवसको रुपमा मनाईरहेको छ । नेपाल आदिबासी महासंघ इजरायलले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएको छ ।इजरायलको तेल अभिव स्थित लेबेन्सकी पार्कमा भएको एक कार्यक्रममा “नेपालको संविधान २०७२”अपुरो , विभेदकारी भएकोले संविधान जारि भए देखि नै संशोधनका पक्षमा मदेशी,आदिवासी,मुस्लिम,दलित ,अल्पसंख्यक जनताले असहमती र असन्तुष्टि जाहेर गर्दै असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आईरहेको छ । अपुरो र विभेदकारी संबिधानलाई संशोधनद्धारा पूर्णत दिनु पर्छ भन्ने माग राख्दै नेपाल आदिबासी महासंघ इजरायलले लेबेन्सकी पार्क तेलअभिवमा साँझ ८ बजे सम्पन्न कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुलाई सम्झंदै एक मिनेट मौनाधरण पछि कार्यक्रम शुरु भएको थियो, भने नेपाल संबिधान २०७२ संशोधन गर ,प्रतिगामी संबिधान मान्दैनौ जस्ता नाराहरु लगाएका थिए ।नेपालको संबिधान २०७२ कार्यक्रममा नेपाल आदिबासी महासंघ इजरायलका सस्थापक अध्यक्ष तेञ्जिङ्ग शेर्पा ,कार्यक्रम संयोजक तथा महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर ,पुर्व अध्यक्षहरु डोमा शेर्पा,नयन हिम्सुङ्ग लिम्बु ,नरेश कुमार श्रेष्ठ ,संघीय समाजबाद इजरायलको तर्फबाट कुमार पौडेल ,नेपाल मगर संघ शाखा इजरायलका तृतीय उपाध्यक्ष सुर्य रानाले ''नेपालको संविधान २०७२ ''जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउनु पर्नुको बाध्यता तथा कारणहरुको बारेमा प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा इजरायलबासी आदिबासीहरु प्रतिगामी सबिधान संशोधन गर ,प्रतिगामी मान्दैनौ जस्ता नारा लेखिएको प्ले कार्डहरुको साथमा उपस्थित भएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...