बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते।

अन्य

बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते।
असोज १४ पोखरा :-पोखरा महानगरपालिका – ३३ बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।आइतबार बिहान ग १ च ९१८ नम्बरको स्करपिओ जिप दुर्धटना हुँदा जिपमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । घाइते चारै जनाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान ( पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा) मा उपचार भइरहेको डिएसपी गुरुङले बताए । घाइतेहरुको नामावली उपलब्ध भइनसकेको तर उनीहरुको अवस्था भने सामन्य रहेको डिएसपी गुरुङले उल्लेख गरे ।प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...