बेगनासतालमा डुंगा पल्टियो २ जनाको मृत्यु ,४ बेपत्ता |

अन्य    स्थानीय

बेगनासतालमा डुंगा पल्टियो २ जनाको मृत्यु ,४ बेपत्ता |
भदौं २३ पोखरा :-बेगनास तालमा डुंगा डुब्दा मानवीय क्षति भएको छ ।२ जनाको मृत्य भएको छ भने ३ जनालाई सकुशल उद्धार गरिएको छ । अझै ४ जना तालमै हराइरहेका छन् ।९ ,१० जना चढेको डुुंगा पल्टिएको स्थानीयको भनाई छ । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका अनुसार हालसम्म दुई जनाको मृत्यु भएको हो । पोखरा २८ की ५५ वर्षीया कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा मृत्यु भएको छ । एक महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पु¥याई नसक्दै मृत्यु भएको छ । अस्पतालबाट प्रहरी हवल्दार सुजन घिमिरेका अनुसार अन्दाजी ३५–४० वर्षकी ति महिलाको सनाखत भएको छैन । उनी तनहुँ भिमादकी जमुना गैह्रे भएको एक स्थानीयले बताए । उद्धारपछि उपचारको लागि अस्पताल पुर्याईएकी तनहुँकी ३२ वर्षिय जमुना कडेंल र नवलपरासीकी ५१ वर्षिया कृष्णकुमारी कडेंल बजगाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उद्दारपछि लेखनाथ लायन्स सामुदायीक अस्पतालमा उपचारको लागि पुर्याएपछि उनको मृत्यु भएको हो । ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल र ३२ बर्षीय रवी खनाल तालमा बेपत्ता छन् । रबी खनाल नेपाली सेनाको हेटौडामा कार्यरत थिए । उनीहरुको खोजीकार्य भैरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताए । बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । वेपत्ता भएकाहरुको उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आफन्तहरु लागेका छन् । आफनै डुंगा भएकै कारण उनीहरु लाइफ ज्याकेट विना नै डुंगा लिएर गएको थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...