इजरायलमा नेवा राष्ट्रीय समुदायकको य :मरी पुन्ही मनाए ।

विदेश

इजरायलमा नेवा राष्ट्रीय समुदायकको य :मरी पुन्ही मनाए ।
डिसेम्बर १७ इजरायल :-राष्ट्रिय नेवा :खल इजरायलको आयोजनामा नेवारी समुदायको राष्ट्रिय पर्व य:मरी पुन्ही मनाए । बिदेशी भूमिमा नेवार समुदायलाई एकता गर्दै आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्दै जाने उद्देश्यका साथ् स्थापित राष्ट्रिय नेवा खल इजरायलले आफ्नो पहिचानका चाड पर्वहरु मनाउदै आईरहेको छ ।गत शनिबार डिसेम्बर १४ तेल अभिव स्थित नोकिया पार्कमा भएको सो य: मरी पुन्हीमा नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर ,महासचिव खुशी क्ले तमुस्यो ,पुर्व अध्यक्षहरु निर्मला गुरुङ ,डोमा शेर्पा ,जातीय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु सहित राष्ट्रिय नेवा: खल इजरायलका अध्यक्ष ,सस्थाका सम्रक्षक ,सल्लाहकार र नेवार समुदायक आफ्नो पहिचानका पोशाकमा सहभागी हुनु भएको थियो ।सो अवसरमा सहभागीहरुले यमरी सहित विभिन्न नेवारी परिकारहरुको स्वाद लिनु भएको थियो । सहभागीहरुले बिदेशी भूमिमा भएर पनि यमरी पहिलो पटक खाने अवसर मिलेको बताएका थिए ।यस कार्यक्रममा सहभागी तथा कार्यक्रममा सफल बनाउन सहयोग गर्नु हुने कार्यसमिती सदस्यहरुलाई धन्यवाद दिनु भएको छ ।नेवारी समुदायका खानाका परिकारहरु तथा चाड पर्वहरु बिशेस किसिमको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...