कोरोना भाइरसको संक्रमणबाट बिस्वभर मृत्यु हुनेहरुको संख्या १ लाख ५४ हजार नाघ्यो ।

विदेश

कोरोना भाइरसको संक्रमणबाट बिस्वभर मृत्यु हुनेहरुको संख्या १ लाख ५४ हजार नाघ्यो ।
एप्रिल १८ जेनेभा:-विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ ।विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।अमेरिकामा ७ लाख १० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ५३५ जनाको मृत्यु भएको थियो ।दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ७२ हजार नाघेको छ । स्पेनमा भने २० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ५०० नाघेको छ ।कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ६८१ जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार ३२७ जना, स्वीडेनमा एक हजार ४०० जना र आयरल्यान्डमा ५३० जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको नेपाली समयाअनुसार शनिबार दिउँसोसम्म विवरण :-

क्र.सं. देश कूल संक्रमित निको भएका कूल मृत्यु -विश्वभर २२,५८,७२५ ५,७५,८३७ १,५४,३८१ १. अमेरिका ७,१०,२७२ ६३,५१० ३७,१७५ २. इटाली १,७२,४३४ ४२,७२७ २२,७४५ ३. स्पेन १,९०,८४९ ७४,७९७ २०,००२ ४. फ्रान्स १,४७,९६९ ३४,४२० १८,६८१ ५. बेलायत १,०८,६९२ ३४४ १४,५७६ ६. बेल्जियम ३६,१३८ ७,९६१ ५,१६३ ७. इरान ७९,४९४ ५४,०६४ ४,९५८ ८. चीन ८२,७१९ ७७,०२९ ४,६३२ ९. जर्मनी १,४१,३९७ ८३,११४ ४,३५२ १०. नेदरल्यान्ड्स ३०,४४९ २५० ३,४५९ दक्षिण एसिया १. भारत १४,४२५ २,०४५ ४८८ २. पाकिस्तान ७,४८१ १,८३२ १४३ ३. बंगलादेश १,८३८ ५८ ७५ ४. अफगानिस्तान ९३३ ११२ ३० ५. श्रीलंका २४४ ७७ ७ ६. नेपाल ३० २ – ७. माल्दिभ्स २९ १६ – ८. भूटान ५ २ – –रासस-एपी-एएफपी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...