युएईमा उभौली साकेला भव्यता साथ सम्पन्न ।

विदेश

युएईमा उभौली  साकेला भव्यता साथ सम्पन्न ।
जुन ९ मान सिङ गुरुङ (मानु कोन्मे),युएई: - किरात राईहरुको महान चाड उभौली साकेला (येलेदोङ ५०७९) साकेला पार्क आबुधाबी स्थित मुसफा पार्क युएईमा भव्यता साथ सम्पन्न भएको छ। उक्त कर्यक्रम किराँत राइ यायोक्खा शाखा युएई, किराया क्षेकास अबुधावी, किराया क्षेकास अलऐन र सुनुवार सेवा समाज शाखा युएईले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रम किरात राई यायोक्खा शाखा युएईकी अध्यक्ष श्रीमती चन्द्रकला सामपाङको सभापतित्वमा समापन भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संस्थाका सल्लाहकार संस्थापक अध्यक्ष एबम् संरक्षक कटक राई ,विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका महासचिव सनिल घिसिङ, किराया शाखा युएईका संस्थापक महासचिव एवम् सल्लाहकार राजकुमार चाम्लिङ , सुनुवार सेवा समाज शाखा युएईका अध्यक्ष नर बहादुर सुनुवार, किराया शाखा युएईका सल्लाहकार भगवती चाम्लिङ रहेको थियो भने अतिथिमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्यो,नेवा:पुचका अर्जुन श्रेष्ठ,थारु समाजका रुपेश चौधरी, मितेरी समाज युएईका अध्यक्ष प्रदिप पुन, भोजपुर हातेमालो सेवा समाज युएईका कोषाध्यक्ष अस्मि तामाङ, संघिय समाज युएईका पुर्व अध्यक्ष हरि घर्ति मगर, संघिय समाज युएईकी महासचिव सुशी पुलामी, समाजसेवी टिकाराम बराइली, सुनसरी समाज युएईका अध्यक्ष इन्द्र बिष्ट, युएईमा स्थापित जातिय संस्था,जिल्लागत संस्था, पत्रकार, कलाकारहरु रहेका थिए। उभौली साकेलामा प्रवासी किरात तथा गैर किरात नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक सुरुवात राष्ट्रिय गीत र किराँती राष्ट्रिय गीत मट्टिको कसम किराँती कलाकारहरुको साथमा उपस्थित सम्पुर्णले गाएका थिए । राष्ट्रिय गीत समाप्त भए लगत्तै उद्घोषक शम्भु राईले किराया क्षेकास अलऐनका अध्यक्ष राम किरात राईको स्वागत मन्तब्य मार्फत गराएका थिए। विशेष अतिथि नेफिनका महासचिव सनिल घिसिङले किरात राई यायोक्खाको अगुवाईमा अघि सारिएको प्रदेश नंबर १ लाई "किरात प्रदेश" नामाङ्कन गरिनु पर्ने मागलाई समर्थन गर्दै अन्य समुदायले पनि किरात ईतिहास, भुगोल, सभ्यता र संस्कृति संग जोडिएकाले यस मागको समर्थन गर्नु पर्ने धारणा राख्दै प्रवासमा रहे पनि आफ्नो पहिचान र संस्कृतिलाई जोगाइ राख्न किरायाले खेलेको भुमिकाको बारेमा प्रशंसा गर्दै शुुुुभकामना दिए थिए। विशेष अतिथि सुनुवार सेवा समिति युएई शाखाका अध्यक्ष नर बहादुर सुनुवारले उभौली साकेलाको शुभकामना मन्तब्य दिएका थिए भने प्रमुख अतिथि कटक राईले उभौली साकेला पुर्णेको बारेमा प्रस्टयाउदै शुभकामना प्रकट गरेका थिए। औपचारिक कार्यक्रमको समाप्तिको घोषणा गर्दै कार्यक्रमका सभापती किराया युएई शाखाकी अध्यक्ष श्रीमति चन्द्रकला सामपाङले "किरातिहरुको चाहना, स्वायत्त किरात राज्यको स्थापना" किरायाको मुल स्पिरिट रहेको धारणा प्रस्टयाउनु भएको थियो । औपचारिक कार्यक्रमको अन्त्य संगै साकेला थानमा नाक्छो डिके किरातीले अक्षेता,अदुवा,चिन्डोमा रहेको चोखो सोलोइवा पानीले चोख्याउदै थान पुजेपछि सिलिपा सुबाश बानु राई, सिलिमा माया चामलिङ, ढोलेहरु असिम चामलिङ, नवीन दुमि राई, दइन्द्र (बि) राईका साथ एकै लस्करमा किराँती भेषभुषामा सजिएका किरातिहरुले एउटै तालमा सोइ ढोले साकेला नाच प्रसतुत गरेका थिए। संग संगै सुनुवार सेवा समाज शाखा युएईका अध्यक्ष नरबहादुर सुनुवारको नेतृत्वमा सांस्कृतिक नाच प्रस्तुत गरिएको थिए। साकेलामा किरात राईहरुको पहिचान जनाउने मौलिक ढोल, झ्याम्टा, सिमली सेउली, तालुक धनु, लगायतका सामनाहरुको तामझाम गरिएको थियो। उक्त कार्यक्रममा किरात राई यायोक्खा शाखा युएईले ५९ जना साधारण सदस्यता बितरण संस्थाका अध्यक्ष श्रीमति चन्द्रा सामपाङको हातबाट गरिएको थियो। यायोक्खा युएई शाखाले प्रवास बसाईमा समुदायका लागि विशेष योगदान पुर्‍याइएको भन्दै दस जनालाई सम्मान/कदर पत्र सहित किराया सल्लाहकार संरक्षक कटक राई र सुसेस युएई अध्यक्ष नर बहादुर सुनुवारको हातबाट हस्तान्तरण गरिएको थियो। त्यस्तै सुसेस शाखा युएईले पनि समाजलाई योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई सम्मान गरेको थियो। कार्यक्रमको अन्त्यमा किराँत संस्कार अनुसार नाक्छो डिके किराती, सिलिपा सुबाश बानु राई र सिलिमा माया चामलिङको सायाचोक/ शिर उभाएपछि साकेला थानमा बिट मार्ने कार्य सम्पन्न गरिएको थियो।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...