नेपालमा कोरोना संक्रमित ५७ पुग्यो, बारामा २ र बिरगंजमा १ नया संक्रमित ।

स्वास्थ्य

नेपालमा कोरोना संक्रमित ५७ पुग्यो, बारामा २ र बिरगंजमा १ नया संक्रमित ।
एप्रिल २९ काठमाडौँ :-नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार ३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका २ र पर्साका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन्। संक्रमित हुनेमा बाराको जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षका तथा सिम्रौनगढका ३१ वर्ष पुरुष हुन् । यस्तै अर्का संक्रमित पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनैजना दिल्लीमा तबलिगीमा भएको धार्मिकसभामा सहभागी भएर फर्किएका थिए ।गएको आइतबार वीरगञ्जका २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज–१६ का एकजना दिल्लीको धार्मिकसभामा सहभागी भएका थिए । उनीको सम्पर्कमा आएकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनकै रिपोर्ट पोजेटिभ भएको आएको हो । यसैगरी बाराका संक्रमित पनि जमातीको सम्पर्कमा आएको हुन्

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...