निर्मला पन्तका लागी न्यायको माग गरिरहेका प्रदर्शनकारी पक्राउ |

अन्य

निर्मला पन्तका लागी न्यायको माग गरिरहेका  प्रदर्शनकारी  पक्राउ |
डिसेम्बर ६ काठमाडौँ :- १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।काठमाडौंको शीतल निवासस्थित राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरी १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । निर्मलाको न्यायका लागि भन्दै भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लगिएको उनले बताए । उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै हुनुहुन्थ्यो । उनीहरुकोे प्रदर्शनले सवारीमा अवरोध आउने भएकाले पनि नियन्त्रणमा लिइएको हो ।’ उनीहरुलाई अहिले वृत्तको हिरासतमा राखिएको जानकारी दिँदै डीएसपी प्रसाईले अलि केरकार गरेर केही समयमा छोडिने बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...