कास्कीमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान |

अन्य

डिसेम्बर ०७ पोखरा ;-कास्कीमा बिहीबार भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनामा ६७ प्रतिशत भन्दा बढि मत खसेको प्रारम्भीक अनुमान गरिएको छ । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले ६७ प्रतिशत खसेको बताए । उनले आज राति अबेरसम्म मतपेटीका आउने र भोली दिउसोबाट मतगणना गरिने बताए ।

सबै मतदान केन्द्रका मतपेटिकाहरू राति १ बजेसम्म मतगणना स्थलमा आइपुग्ने उनले बताए । गणना सुरु गर्ने बारे भोली विहान सर्बदलीय बैठक बोलाइनेछ ।कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन् । कुल १ सय ५० मतदानस्थलमा ३ सय १७ मतदान केन्द्र रहेका थिए । कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश ४ का ५ जिल्ला कास्की, स्याङ्जा, तनहुँ, पर्वत र नवलपुरमा ६ सय ७१ मतदान स्थल थिए । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाको मतगणना भने सुरु भइसकेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...