दाङ्गमा बम बिष्फोट हुँदा एक म्यादी प्रहरीको मृत्यु ।

अन्य

दाङ्गमा बम बिष्फोट हुँदा  एक म्यादी प्रहरीको मृत्यु ।

नोवेम्बर २९ दाङ :-दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ ।विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् । गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा म्यादी प्रहरी देबी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली छन् ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा करिब २०० मिटर टाढा मंगलबार दिउँसो बम विष्फोट भएको थियो ।

narayanInews


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...