नारायणगढ पोखरा बसपार्कमा हाईसको ठक्करबाट २२ महिनाकी बालिकाको मृत्यु |

अन्य

नारायणगढ पोखरा बसपार्कमा हाईसको ठक्करबाट २२ महिनाकी बालिकाको मृत्यु |
पुस २ चितवन :-चितवनमा हाइसको ठक्करबाट २२ महिनाकी बालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा बा ३ ख ३८ नम्बरको हाइसले गोरखा मनकामना होटलकी बालिका मेरिना थापा मगरलाई ठक्कर दिएको हो । हाइसको ठक्करबाट घाइते भएकी मेरिनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घैरुङ बतासे ५ गोरखा घर भई हाल पोखरा बसपार्कमा मेरिनाका बुबाआमाले गोरखा मनकामना होटल संचालन गर्दै आइरहेका छन् । हाइसका चालक फरार रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...