चिसोको कारण दमौलीमा एक भारतीय महिलाको मृत्यु |

अन्य

चिसोको कारण दमौलीमा एक भारतीय महिलाको मृत्यु |
मंसिर ६ तनहुँ :-चिसोले कठ्याङ्ग्रिएर दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो । कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा खुला आकाशमुनि बस्दै आएकी थिइन् । खुला चौरमा खाना पकाएर खाने र सोही स्थानमा सुतेकी ती महिलाको चिसोका कारण मृत्यु भएको हुनसक्ने मृतककी कान्छा छोरा मुगुराउत चौहानले जानकारी दिए । लामो समयदेखि निमोनिया र सुगरले ग्रसित ती महिलाको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...