चापाकोट स्याङ्गजाका मेयर शिव कुमार गिरीले कालीकोटमा पिटाई खाए |

अन्य

चापाकोट स्याङ्गजाका मेयर शिव कुमार गिरीले कालीकोटमा पिटाई खाए |
कार्तिक १८ काठमाडौँ :-स्याङ्जाको चापाकोट नगरपालिका स्याङ्जाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो । मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेको हो। ‘मदक पदार्थ सेवन मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको हो’, स्रोतले भने, ‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल भएको हो ।’ हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको बताइएको छ। घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोटलागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...