पोखरामा विभिन्न चोरीको घटनामा संलग्न ९ जना पक्राउ |

अन्य

पोखरामा विभिन्न चोरीको घटनामा संलग्न ९ जना पक्राउ |
भदौं २५ पोखरा :-  मुक्तिनाथ बिकास बैंक पोखरामा  चोरी गर्ने योजना वनाउदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।भदौ २१ गते दिउसो  शंकास्पद गतिविधि गरिरहेको अवस्थामा जिल्ला कास्की, पोखरा १४ काजिपोखरी बस्ने वर्ष २१ को सन्देस गुरुङ, म्याग्दी, जलजला गा.पा. ६ बस्ने वर्ष २० की सुनिता पुन मगर र म्याग्दी जलजलाकै वर्ष १९ की सुचित्रा थकाली छन्। चिप्लेढुंगा, न्युरोडमा डिउटिमा रहेका प्रहरीले शंकास्पद रुपमा उनीहरुलाई देखेपछि शोधपुछ गर्न खोज्दा निजहरु भाग्ने प्रयास गरेका र लखेटेर नियन्त्रणमा लिई शोधपुछ, अनुसन्धान गर्दा निजहरुले मुक्तिनाथ वैक लुट्ने योजना वनाएको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए । उनीहरुले विहान र रातमा समेत रेक्की गर्दै चोरीको योजना वनाएको खुल्न आएको प्रहरीको भनाई छ । कास्की प्रहरीले गत जेठ २४ गते पोखरा बैदाम ६ शिवराम बरालको घरबाट १४ तोला सुनका गरगहना, ३ वटा घडी र एउटा ट्याव चोरी गरि फरार भएका २ जना र अन्य २ गरी ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न पोखरा २ बाग्लुङ बसपार्क बस्ने १९ बर्षीय बिकेस केसी र उसलाई सघाउने १८ बर्षीय जिरे भन्ने लक्ष्मण नेपालीलाई पक्राउ गरेको बताएको छ । प्रहरीले चोरी गरेको सामसुङको ट्याव रु ५ हजारमा खरिद गर्ने पोखरा- १८ आदर्स बस्ती बस्ने २८ बर्षीय तारानाथ परियार तथा चोरी भएको सुनका गरगहना डिकमा राखी लागु औषध र पैसा समेत दिने गरी सुन राख्ने तनहु घर भई पोखरा – २ नालामुख बस्ने ३३ बर्षिया मञ्जु केसीलाई थप अनुसन्धानको लागी नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ तोलाको बेरुवा औठी एउटा, १ तोलाको छाप्रे औठी एउटा, जन्तर १ तोलाको २ वटा, अन्दाजी १ तोलाको डल्लो सुन, मङगलसुत्र १ तोलाको एउटा, मुन्द्रा १/४ तोलाको २ वटा, चादिको पाउजु ४ वटा ,घडि ४ वटा, ट्याव ३ वटा, मोबाईल ४ वटा, सुन जस्तो देखिने गरगहना नोगेडि, चन्द्रमा र झुम्का र नगद ४५ हजार फेला पारेको जनाएको छ । केसी समेतको टोलीले अन्य कयौं स्थानमा चोरी गरेको समेत स्वीकार गरेको प्रहरीले उल्लेख गरेको छ । त्यसैगरी गत साउन २६ गते राति बाटोमा लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रातो पहिरोबाट लेकसाइडतर्फ आउदै गरेको अवस्थामा पोखरा- १० अमरसिंहचोक बस्ने २३ बर्षीय मिथुन केसीलाई लुटपाट गर्ने पोखरा ७ मासबार बस्ने २५ बर्षीय प्रतीक पहारी र २६ बर्षीय गणेश परियार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले केसीको साथबाट नगद रु १२ हजार, मोबाइल एउटा र सुनको ब्रासलेट लुटेको उजुरी परेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...