नेपालमा अहिले सम्म कोरोना संक्रमित भएर ७ जनाको मृत्यु ,१४०१ संक्रमित।

स्वास्थ्य

नेपालमा अहिले सम्म कोरोना संक्रमित भएर ७ जनाको मृत्यु ,१४०१ संक्रमित।
मे ३१ काठमाडौँ :- नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय पुरुषको पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य शाखा प्रमुख नवराज कडेलले जनाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,४०१ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस सङ्क्रमितमध्ये १२८८ जना पुरुष हुन् भने ११३ जना महिला रहेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...