नेपालमा आज ५७ जना कोरोना संक्रमित पुष्टि ,कोरोना संक्रमितको संख्या १९१ ।

स्वास्थ्य

नेपालमा आज ५७ जना कोरोना संक्रमित पुष्टि ,कोरोना संक्रमितको संख्या १९१ ।
मे १२ काठमाडौँ :-नेपालमा मंगलबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा नयाँ संक्रमितको संख्या पुष्टि भएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपनदेहीमा ९ जना, बारामा १ जना र पर्सामा ३९ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसंगै कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...