मिस पोखरा २०७५ का उपाधी कुसुम तामांगले जितिन |

अन्य

मिस पोखरा २०७५ का उपाधी कुसुम तामांगले जितिन |
माघ १३ पोखरा :-पोखरामा सम्पन्न मिस तामाङ्ग पोखराको बिजेताको उपाधी कुसुम तामांगले जितेकी छिन | प्रमुख निर्णायक पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाती भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यंशले के पुष्टी गर्छ भन्ने प्रश्नको उत्तरले निर्णायकको मन जितेको थियो । विजेता कुसुमले बेस्ट पर्सनालिटी टाइटल पनि जितिन् । उनले नगद ५० हजार पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उनले म्युजिक भिडियोमा अभिनयको अबसर पनि प्राप्त गर्ने छिन् । उनलाई प्रमुख निर्णायक लामाले पुरस्कृत गरेका थिए भने मिस तामाङ पोखराका २०१८ का विजेता कविता योञ्जनले क्राउन लगाइ दिएका थिए । नालामुखकी प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप भइन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । रामेछापकीसजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पारिन । लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड हात पारिन् । उनले नगद १५ हजारले पुरस्कार प्राप्त गरिन् । साभार :-पोखरा समाचार

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...