कास्की प्रहरीले सम्मान स्वरुप पाएको रकम श्रेयाको परिवारलाई प्रदान |

अन्य

कास्की प्रहरीले सम्मान स्वरुप पाएको रकम श्रेयाको परिवारलाई प्रदान |
असोज २३ पोखरा :-कास्की प्रहरीले सम्मान सहित पाएको नगद बलात्कार पछि हत्या गरिएकी श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ ।कास्की प्रहरीले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै गत शनिवार किराँत सेवा समाज कास्कीले कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगर, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीलाई नगद सहित सम्मान गरेको थियो । सम्मान स्वरुप प्राप्त नगद २० हजार सोमबार श्रेयाको आमा बेल कुमारी बिकलाई हस्तान्तरण गरिएको हो । सोमबार श्रेयाको घरमा पुगी गण्डकी प्रदेशका सांसद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर वुढा, कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगर लगायतले नगद रकम श्रेयाको आमा बेल कुमारी बिकलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा गण्डकी प्रदेशका सांसद राजिव पहारीले समेत नगद १० हजार रुपैया श्रेयाको परिवारलाई प्रदान गरेका थिए । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले यस्ता घटना जो कोहीलाई पनि आइपर्न सक्ने भएकाले सबैजना चनाखो हुनुपर्ने र कुनैपनि घटना घट्नासाथ प्रहरीलाई खवर गर्नुपर्ने वताए । बुढाले समाजमा विभिन्न बिकृतीमुलक घटनाहरु वढिरहेकाले समाजमा रहेका महिला समुह, आमा समुह युवा समुहहरुले यस्ता घटनाहरुलाई निर्मुल गर्नका लागी सचेतनामुलक कामहरु गर्नुपर्ने समेत वताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले श्रेया बिकको हत्यामा संलग्न अभियुक्तको सम्पूर्ण अनुसन्धान पुरा भइसकेको वताउदै छिट्टैनै हत्यारालाई सर्वस्व सहित जन्मकैदको लागी सरकारी वकिल कार्यालयबाट अदालतमा पेश गरिने वताए । स्रोत :-पीस पोखरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...