काठमाडौँमा निर्माण हुन लागेको बिरामी कुरुवा भवनको लागि सुनिता गुरुङ (इजरायल )र ईशा गुरुङ (युके )बाट पाँच /पांच लाख सहयोग गर्ने घोषणा |

अन्य

अगस्त २९ काठमाडौँ :-हाम्रो टिम नेपाल र १०० ग्रुपको सक्रियतामा काठमाडौँमा देश भरिका विभिन्न बिकट क्षेत्रबाट काठमाडौँमा उपाचार्थ आउने गरिब /आर्थिक कम्जोर भएका बिरामीहरुको कुरुवाका लागि ''बिरामी कुरुवा भवन'' बन्ने भएको छ | यस भवन काठमाडौँमा उपचार गर्न आउने बिरामी कुरुवाहरुले आवस्यकता अनुशार प्रयोगमा ल्याउन सक्ने छन् |यसबाट गरिब तथा आर्थिक अवस्थ न्यून भएकाहरुलाई काठमाडौँका महंगा होटेल र लजमा तिर्नु पर्ने ठुलो धन राशी जोगिने भएको छ |उक्ता भवन निर्माणका लागि हाल बैदेशिक रोजगारमा रहनु भएका मनका धनि अभियन्त सुनिता गुरुङ (इजरायल )र ईशा गुरुङ (युके )बाट जनही ने रु ५००००० (पाँच लाख ) सहयोगको घोषणा गर्नु भएको छ |वहाहरु दुवै जना नेपालमा हुने दैवी प्रकोपका घटना देखि गरिव नेपालीहरुलाई आवस्यक पर्दा निरन्तर रुपले सहयोग गर्दै आउनु भएको छ | यस कार्यमा आफुले सकेको सहयोग गरिदिनुहुना सुनिता गुरुङ र ईशा गुरुंगले सबै नेपालीहरुमा अनुरोध सहित आव्हान गर्नु भएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...