नेपाल आदीबासी महासंघ इजरायलले नेपाली राजदुताबास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझायो ।

जनजाती बिशेस

नेपाल आदीबासी महासंघ इजरायलले नेपाली राजदुताबास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझायो ।
सेप्टेम्बर १५ फिस्टेल न्युज इजरायल :-नेपाल आदिबासी महासंघ इजरायलले इजरायलका लागी नेपाली महामहिम राजदुत श्री डा.अन्जान शाक्य मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।आरक्षण बचाऊ आन्दोलनलाई यथासीघ्र सम्बोधन गरोस भन्ने माग राख्दै महासंघ इजरायलले सो ज्ञापनपत्र बुझाएको हो ।शुक्रबार नेपाल आदिबासी महासंघ इजरायलको कार्यालयमा भएको कार्यक्रममा सो ज्ञापन पत्र बुझाएको थियो । सो ज्ञापन पत्रमा आरक्षण बचाऊ आन्दोलन आन्दोलनलाई नेपाल सरकारले शक्ती र पहुचको भरमा पेलेरै जाने निती लिएकोमा यसको तुरुन्त अन्त्य गरी बिना सर्त माग पुरा गर्नु पर्ने र आदिबासीहरुको चाडपर्वमा गरिएको बिदा कटौती हटाउनु पर्ने पनि बिज्ञप्तीमा जनाएको छ ।साथै सो बिज्ञप्तीमा इजरायलमा मनाईने सम्पूर्ण चाडपर्वहरुमा हुने र मनाईने कार्यक्रममा निश्पक्ष सहभगी हुने नहुनेमा बारेमा राजदुताबासले निर्णय गरिनु पर्ने। यदी सहभागी भएमा पक्षपत रहित तरिकाले सहभागी हुनु पर्ने पनि उल्लेख गरिएको छ ।ज्ञापनपत्रमा नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर तथा महासंघमा अबद्दा सबै जातिय सस्थाका अध्यक्षहरुको हस्ताक्क्षर रहेको छ । अन्त्यमा नेपाली राजदुताबासका महामहिम राजदुत डा. अन्जान शाक्य तथा सहभागीहरुको बिचमा इजरायलमा रहेको बिद्यार्थी ,कामदारहरुको समस्या तथा समस्याको निराकरणको बारेमा छलफल पनि भएको नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरले जानकारी दिनु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...