पछिल्लो २४ घण्टामा १२ सय २१ नयाँ संक्रमित थपिए, १४ को मृत्यु

देश    स्वास्थ्य

पछिल्लो २४ घण्टामा १२ सय २१ नयाँ संक्रमित थपिए, १४ को मृत्यु
नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नाैसय  र संस्थागत आइसोलेसनमा दशहजार ६१२ रहेका छन् । पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ८२२  पुगेको छ । विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ७९७ रहेका छन् । मृत्यु १४ जना, कुल २२१ पुग्याे पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरूषकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...