गण्डकी प्रदेशमा डाक्टरसहित ९ जनामा कोरोना पुष्टि

स्वास्थ्य

गण्डकी प्रदेशमा डाक्टरसहित ९ जनामा कोरोना पुष्टि
पोखरा । गण्डकी प्रदेशमा शनिबार ९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका खुलेको छ । शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना देखिएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार बिहान ९ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०६५ पुगेको छ । यसअघि पनि मणिपाल अस्पतालका एक चिकित्सकलाई कोरोना भेटिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...