इजरायलको राजधानी जेरुसेलाइमलाई मान्यता दिएको विरुदमा प्येलेस्ताइनमा आन्दोलन |

विदेश

इजरायलको राजधानी जेरुसेलाइमलाई मान्यता दिएको विरुदमा प्येलेस्ताइनमा आन्दोलन |

डिसेम्बर ०७ जेरुसेलाइम:-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएलगत्तै प्यालेस्टिनी इस्लामवादी आन्दोलनको अगुवाइ गरिरहेको हमासले नयाँ आन्दोलनको घोषणा गरेको छ।हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै 'इन्तिफादा' भनिने नयाँ आन्दोलनको घोषणा गरेका हुन्।इजरेलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो।ट्रम्पको कदमपछि वेस्ट ब्याङ्क र गाजा स्ट्रिप दुवैपट्टी रहेका प्यालेस्टिनीहरु बिहीबार विरोध प्रदर्शनमा सहभागी भएका छन्।

isr1

त्यसको ठिक विपरित इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले ट्रम्पको प्रशंसा गर्दै उनी अब जेरुसलेमको इतिहाससँग संधैका लागि जोडिएको प्रतिक्रिया दिएका छन्। उनले अमेरिकी कदमलाई "ऐतिहासिक" भनेका छन्।तर अमेरिकी राष्ट्रपतिको निर्णयको ब्रिटेन, फ्रान्स, साउदी अरेबिया लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन्।

isr साउदी अरेबियाले अमेरिकी कदमलाई "आधारहीन र गैरजिम्मेवार" भनेको छ।फ्रान्स र ब्रिटेनले सो निर्णयलाई समर्थन नगर्ने बताएका छन्।प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासको फताह पार्टीले "भर्त्सनायोग्य" पछिल्लो निर्णयबारे राष्ट्रसंघमा उजुरी दिने बताएको छ।

स्रोत :-वाइनेट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...