बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु।

अन्य

बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु।
जुन १ नेपालगञ्ज,:-बाँकेमा भएको गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । नेपालगञ्जको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.प्रकाश थापाका अनुसार एघार पुरुष र एक महिलाको मृत्यु भएको हो । घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...