रुकुममा जीप दुर्घटना ४ जनाको मृत्यु |

अन्य

रुकुममा जीप दुर्घटना ४ जनाको मृत्यु |
जुलाई १७ रुकुम :- रुकुमको सिस्ने गाउँपालिका –५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि कयौं घाइते भएको छन् । रुकुमकोटबाट सिस्ने गाउँपालिकाको धौलापैरामा जादै गरेको लु १ ज २५७३ नम्बरको जिप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटना परि मत्यु भएकाहरुको पहिचान हुन सकेको छैन् । नेपाली सेना, प्रहरी र स्थानीय घाइतेहरूकाे उद्दारमा जुटेका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ । वर्षायाममा बाटो चिप्लिएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिए छ । दुर्घटनाबारे विस्तृत जानकारी आउँन बाँकी छ । फोटो :-भुपेन्द्र बुडामगर  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...