मन्त्रि पोखरेलको १७ जना सल्लाहकार |

अन्य

मन्त्रि पोखरेलको १७ जना सल्लाहकार |
जुलाई १३ काठमाडौँ :-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सचिवलयमा कार्यरत आफ्ना सबैजसो कर्मचारलिाई विभिन्न निकायको जिम्मा दिनुभएको बुझिएको छ । मन्त्री पोखरेलले आफुलाई भेट्न आउने मन्त्रालयका सहसचिव लगायतका उच्च पदाधिकारीलाई सचिवालय सदस्यमार्फत काम गर्न आउनुपर्ने व्यवस्था गर्नुभएको छ । ‘आफु वेफुर्सद रहेकाले सचिवालयको सदस्यमार्फत काम गर्नु भन्दै पन्छिने गर्नुभएको छ ।’–एक उच्च स्रोतले भन्यो । यसअघि नेपाल समाचारपत्रले सोध्दा आफुसंग धरै निजी सचिव र सचिवालयमा काम गर्ने सदस्य नभएको दाबी गर्दै आउनुभएका मन्त्री पोखरेलको सचिवालयमा कार्यरत १७ जनाकै नाम प्राप्त भएको छ । यसअघि नेपाल समाचारपत्रमा समाचार छापिएपछि मन्त्रीको सचिवालयका केही सदस्यले टेलिफोन गरी सबै सदस्यको नाम सार्वजनिक गर्न चुनौति दिएका थिए । मन्त्री ज्युले यतिधेरै निजी सचिव र सचिवालयमा कर्मचारी राख्नुभएको छैन नेपाल समाचारपत्रमा प्रकाशित समाचार झुटो हो भन्दै केही सचिवालय सदस्यले मन्त्रीको बचाउ गरेका थिए । तर मन्त्री पोखरेलले केही निजी सचिव र केहीलाई सल्लाहकारको जिम्मेवारी दिएर जम्बो टोली बनाउनुभएको छ । उक्त टोलीका सदस्यले विभिन्न निकायको जिम्मेवारी लिदै आएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको सुविधासम्बन्धी नियममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले उपस्वकीय सचिव एक जना, स्वकीय अधिकृत एक जना, नासु सरहको सहायक १ जना र २ जना सवारी चालक गरी ५ जना कर्मचारी राख्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री कार्यालयले २०६८ भदौ २९ गते नियम संसोधन गरी यो व्यवस्था लागू गरेको थियो । सल्लाहकार राख्ने समेत अधिकार नै नभएका मन्त्री पोखरेलले जीवन गौतमलाई घोषित रुपमै सल्लाहकार बनाउनुभएको छ । प्रम कार्यालयले शिक्षा मन्त्रीलाई सल्लाहकार राख्ने सुविधा नभएको जनाएको छ । गौतम सल्लाहकारको रुपमा राज्यमन्त्रीको कार्यकक्षमा बस्ने गर्नुभएको छ । मन्त्रालय शिक्षा विभाग लगायतका महत्वपुर्ण निकायको काम उहाबाटै हुने गरेको छ । स्रोत :-नेपाल समाचारपत्र

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...