तिहारमा देउसी(भैलो)बाट उठेको रकम मृगौला पिडितलाई हस्तान्तरण |

विदेश

तिहारमा देउसी(भैलो)बाट उठेको रकम  मृगौला पिडितलाई हस्तान्तरण |
कार्तिक २९ दोहा :-तमु (गुरुङ )समाज ,कतारको संरक्षकत्वमा स्थापित कोल्मा पोखरीछाप, स्याङ्जा भइ लेखनाथ भण्डारिढक निबासी महिला बिभागकी संयोजक श्रीमती दिल कुमारी गुरुङको नेतृत्वमा यसपालिको सुभ दिपावलीको पावन अबसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्नु भइ समाजको लागि आर्थिक सहयोग संकलन गर्नु भएको छ ।उक्त देउसी भैलो कार्यक्रममा अमित गुरुङ, लक्ष्मन थापा, करन गुरुङ ,कैलास गुरुङ , प्रितम थापा ,हिमाल गुरुङ, बिसो गुरुङबाट रकम सहयोग भएको थियो। उक्त ३०,००० (अक्षेरुपि : तिस हजार) मा थप समाजकै महिला बिभागकी सक्रिय सदस्य प्रतिमा गुरुङ बाट नेरु १००५ थप गरि जम्मा ३१,००५ रुपैया,स्याङ्जा कोल्मा बराह - ६ धारापानीकी दुवै मृगौला पिडित जौमाया नेपालि (कान्छी) को उपचारमा थप राहात होस् भन्ने हेतुले सम्बन्धित बिरामीको परिवारलाइ हस्तान्तरण गरिएको तमु (गुरुङ )समाज कतारका प्रथम उपाध्यक्ष खुसीमान गुरुङले हामीलाई जानकारी दिनु भएको छ | देउसी भैलो कार्यक्रममा प्रत्यक्ष सहभागी हुनु भै सहयोग गर्नु हुने क्रमस सल्लहाकार बिष्णु गुरुङ (कास्की) , नारायण सिंह गुरुङ(आजिबन सदस्य ) ,तारा गुरुङ (सक्रिय सदस्य ) , महिला हरुमा दिल कुमारी गुरुङ , लक्ष्मी गुरुङ ,पुस्पा गुरुङ र रन्जना गुरुङलाई लगायत नेपालमा रकम हस्तान्तरण गर्नमा समय दिनुहुने सस्थाको प्रमुख संरक्षक बिल बहादुर गुरुङ, महिला सदस्य प्रतिमा गुरुङ , भुतपुर्ब अधक्ष्य खेम गुरुङ , खेरु गुरुङ, सम्झना गुरुङ सबै जनामा सस्थाको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...