नेपाली कांग्रेसका नेता तथा पुर्व मंत्री चक्र बास्तोलाको अन्त्यष्टी आज गरिने |

अन्य

नेपाली कांग्रेसका नेता तथा पुर्व मंत्री चक्र बास्तोलाको अन्त्यष्टी आज गरिने |
असोज २८ काठमाडौं:-नेपाली कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाको अन्त्येष्टि आज गरिने भएको छ ।नेता बाँस्तोलाको आज अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो ।गएराति निधन भएका बास्तोलाको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा १ बजेदेखि ४ बजेसम्म राखिने र त्यसपछि अन्त्येष्टि गरिने नेपाली कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँस्तोलाको शव अहिले उनकै निवास खुमलटारमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन कांग्रेसका नेता तथा कार्यकर्ताहरु खुमलटार पुगेका छन् ।६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको गएराति आफ्नै निवास खुमलटारमा निधन भएको थियो ।असहज महसुस गरेपछि उनलाई हिजो दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो ।तर अस्पतालले थप उपचार असम्भव रहेको भन्दै डिस्चार्ज गरेपछि उनलाई निवासमै लगिएको थियो । पार्टीका केन्द्रीय सदस्य, परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतसमेत भएका नेता बास्तोला प्रजातान्त्रिक आन्दोलनका अगुवामध्ये एक थिए ।२०६९ साल पुस १४ गते मोरङको विराटचोकमा कूल पूजामा सहभागी हुँदै गर्दा उहाँलाई मस्तिष्कघात भएको थियो ।२०४८ सालमा भारतका लागि नेपालको राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए । नेता बास्तोलाको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारणले शोक व्यक्त गरेका छन् ।     साभार :-एवेरेष्ट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...