कोरोनाको चिन्तामा रहेका नेपालीमा थप पिडा सलह किराले बनायो थप चिन्तित।

अन्य

कोरोनाको चिन्तामा रहेका नेपालीमा  थप पिडा सलह किराले बनायो थप चिन्तित।
जुन २८ काठमाडौँ :-नेपाल अहिले उसै त कोरोना भाइरसले गर्दा चिन्तित बनेका किसानलाई सलह किराले झनै पिडा थपिदिएकाे छ ।सर्लाही जिल्लाको लालबन्दीमा पनि सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिएका छन् ।जिल्लाको लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश देखिएको हो । “आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह किराले झ्याप्पै छोपेको देखियो ।”, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा विशेश्वरप्रसाद यादवले जानकारी दिए । सलह किरा हजारौंको सङ्ख्यामा रहेको उनले बताएका छन् | “शुक्रबार राति छिमेकी देश भारतबाट करिब एक हजार फट्याङ्गराजस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको” उनले भने । जिल्लाका किसान चिन्तित बनेका छन् । फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ । सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने जानकारले बताएका छन् । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञ बताएका छन् । प्राविधिक टोली खटिएकाले त्यसको क्षतिको प्रकृति जात लगायतका बारेमा चाडैँ पत्ता लगाउने उनले बताए । सलह किराको जातको पहिचान र व्यवस्थापन लगायतका काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ । - रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...